कारोबार


नाडा अटो शोमा बीवाईडीले सार्वजनिक गर्‍यो एट्टो २, मूल्य कति?

नाडा अटो शोमा बीवाईडीले सार्वजनिक गर्‍यो एट्टो २, मूल्य कति?

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १४:३, काठमाडौँ

आजदेखि भृकुटीमण्डपमा सुरु भएको १७औँ नाडा अटो शोमा नयाँ मोडलका चारपांग्रेहरु सार्वजनिक भएका छन्। 

सो क्रममा साइमेक्स इंकले बीवाईडीको एट्टो २ पनि सार्वजनिक गरेको छ। 

कम्पनीले केही समयअघि मात्रै नेपालमा एट्टो १ ल्याएको थियो। 

नाडा अटो शोका दौडान सार्वजनिक भएको बीवाईडी एट्टो २को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ। 

यो गाडीले ३४५ किमि रेन्ज दिने कम्पनीले जनाएको छ। 

गाडीमा १०० किलोवाटको मोटर, २०० एमएम ग्राउन्ड क्लियरेन्स छ। गाडीले २९० एनएम टर्क जेनेरेट गर्छ। 

तस्बिरहरू (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad