कारोबार


नेपालमा पोर्टफोलियो विस्तार गर्दै शाओमी

नेपालमा पोर्टफोलियो विस्तार गर्दै शाओमी

नेपालखबर
असार १२, २०७९ आइतबार १४:२७, काठमाडौँ

 विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड शाओमी नेपालमा आफ्नो बजार विस्तारर्ला तिव्रता दिएको छ । कम्पनीले स्मार्टफोन मात्र नभई एलोट प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ । स्मार्टफोन र ल्यापटपबाहेक, २५२ मिलियनभन्दा बढी स्मार्ट उपकरणहरूको साथ शाओमीले विश्वको अग्रणी कन्ज्युमर एलोट प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ ।

विश्वभर सबैका लागि उचित मूल्यमा उन्नत प्रविधिका उपकरणहरु उपलब्ध गराउने लक्ष्य बोकेको शाओमीले छोटो समयमै विभिन्न आधुनिक सामग्रीहरु नेपाली बजारमा भित्र्याउन सफल भएको छ । नेपालमै पहिलोपटक प्रस्तुत गरिने स्मार्टफोनहरूका साथै २०२२ मा कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ । शाओमीका केही उपकरणहरु यस प्रकारका छन् ।

शाओमी वाच एस वान एक्टिभ : कम्पनीका अनुसार एस वान एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन्, जसमध्ये १९ वटा व्यावसायिक छन् । मुटुको धड्कनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यस एस वान एक्टिभ पानी प्रतिरोधी पनि छ । यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ । स्पेस ब्ल्याक रंगमा उपलब्ध रहेको एस वानको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

रेडमी ब्यान्ड प्रो आयताकार मोड्युलमा १.४७ इन्चको एमोलिड टच डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रोमा १९४ एक्स ३६८ – पिक्सेल रिजोल्युसन, १०० प्रतिशत एनटीएससी कलर स्पेस र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको छ । यस्तै सुरक्षाको लागि यसमा २.५डी टेम्पर्ड ग्लास छ । वाटर प्रुफिङको लागि पाँच एटीएम प्रमाणित यो स्मार्ट ब्यान्ड प्रोको स्वास्थ्य सुविधाहरूमा दौड, साइक्लिङ, हिँड्ने, योगा, पौडीलगायत अन्य गतिविधिहरुका लागि ११० प्लस स्पोर्ट मोडहरू समावेश छन् । त्यस्तै, २४ घण्टा मुटुको गति ट्र्याकिङका लागि यो ब्यान्डमा पीपीजी हार्ट–रेट सेन्सर जडान गरिएको छ । यसले रगतमा अक्सिजनको मात्रा पत्ता लगाउन एसपीओटु मापन पनि गर्छ । रेडमी स्मार्ट ब्यान्ड प्रोलाई मी फिट एपमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । कालो रंगमा उपलब्ध रहेको रेडमी ब्यान्ड प्रोको मूल्य छ हजार एक सय ९९ रुपैयाँ तोकिएको छ ।

एयर कम्प्रेसर शाओमी मी पोर्टेबल एयर पम्पको साथ, विना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिनेछ । यो पम्प सजिलै १५० पीएसआईको प्रेसर पुग्छ । जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ । शाओमी मी पोर्टेबल एयर कम्प्रेसर विभिन्न एट्याचमेन्टहरू (डच र फ्रेन्च भल्भ र भल्भ सुई)सँग आउँछ । यसलाई विभिन्न टायरका लागि मात्र नभई फुटबल, बास्केटबलको लागि पनि प्रयोग गर्न सकिनेछ । यस पम्पमा भएको डिजिटल सेन्सरले सबै प्रकारका टायरहरूको चापलाई सही रूपमा मापन गर्दछ । अँध्यारोमा पनि सजिलैसँग भल्भ फेला पार्नको लागि यस पम्पमा एक उपयोगी टर्चलाइट सुविधा पनि छ । यसको मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

एयर प्युरिफायर सेतो रंग अनि आयताकारको डिजाइन भएको, मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिन्छ । यसमा भएको गोलाकारको ओलिड टच डिस्प्लेले पीएम (पार्टिक्युलेट म्याटर) २.५ स्तर, तापक्रम, आर्द्रता र वाइफाइजस्ता जानकारीहरू उपलब्ध गराउँछ । साथै यसमा भएको रिङ लाइट डिस्प्लेले हावाको गुणस्तरअनुसार रङ परिवर्तन गर्दछ । हावामा पीएम कन्सन्ट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियोबाट पहेँलो र रातोमा परिवर्तन हुन्छ । यसको मूल्य २० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

टूथब्रश : टी१०० शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रतिमिनेट ३१ हजारभन्दा बढी कम्पन पैदा गर्छ, जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । यसमा थप २३० जीएफसीएमभन्दा बढी पाओर डेलिभर गर्ने क्षमता भएको टर्क राखिएको छ, जसले यस्लाई पूर्ण रूपमा शक्तिशाली इलेक्ट्रिक टुथब्रश बनाउँछ । शाओमी मी इलेक्ट्रिक टूथब्रश टी१०० ले दाँतको बीचको भागमा अड्किएको फोहोरलाई प्रभावकारी रूपमा हटाइ गहिरो सफाइ गर्दछ । गिजा र दाँत दुवैको सुरक्षाको लागि यस ब्रशको माथिल्लो भाग उच्च गुणस्तरीय ब्रिस्टलको साथ धातुरहित प्रविधिबाट निर्माण गरिएको छ । यसको मूल्य एक हजार छ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .