कारोबार


सानिमाले ल्यायो सबै खाताहरुमा मासिक ब्याज र बम्पर धमाका योजना

सानिमाले ल्यायो सबै खाताहरुमा मासिक ब्याज र बम्पर धमाका योजना

नेपालखबर
साउन १, २०७९ आइतबार १६:५१, काठमाडौँ

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ। 

बैंकले नेपाली तथा विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो। 

बैंकका अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ ।
साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ । 

योजना सानिमा रेमिट्यान्स धमाका मुद्दती खाता सानिमा धमाका मुद्दती खाता सानिमा कर्पोरेट धमाका मुद्दती खाता
दुई गुणा ५.७९ वर्ष (६९ महिना र १४ दिन) ६.३२ वर्ष (७५ महिना र २४ दिन) ६.९४ वर्ष (८३ महिना र ७ दिन)
तीन गुणा  ९.१८  वर्ष (११० महिना र ३ दिन) १०.०१ वर्ष (१२० महिना र १ दिन) ११  वर्ष (१३१ महिना र २८ दिन)
चार गुणा ११.५८ वर्ष (१३८ महिना र २९ दिन) १२.६३ वर्ष (१५१ महिना र १४ दिन) १३.८८ वर्ष (१६६ महिना र १५ दिन)
पाँच गुणा १३.४५ वर्ष (१६१ महिना र २ दिन) १४.६६ वर्ष (१७५ महिना र २५ दिन) १६.१२ वर्ष (१९३ महिना र १० दिन)
न्यूनतम मौज्दात रु. ५००,००० रु.५००,००० रु. १,०००,०००

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ। व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ।

त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ। यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .