कारोबार


राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडर बनिन् मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडर बनिन् मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी

नेपालखबर
साउन १०, २०७९ मंगलबार १३:४६, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड–२०२२ लाई सोमबार बैंकको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। 

राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाबारे खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी लाई नियुक्त गरिएको बताए। 

कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीले आफू इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागतमन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सुस्मिता बैद्यले गरेकी थिइन्। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार, मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्र्थ–२०२२ डा.सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का लगायत बैंक कर्मचारीहरुको उपस्थिति थियो।  

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .