कारोबार


स्प्राइटको प्रोमोसनल क्याम्पेन : हरेक हप्ता ४३ इन्चको टिभी जित्न सकिने

स्प्राइटको प्रोमोसनल क्याम्पेन : हरेक हप्ता ४३ इन्चको टिभी जित्न सकिने

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १७:५१, काठमाडौँ

नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ। 

यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ। 

उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो ।  

यो अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ। 

अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस (एसएमएस) गर्नुपर्ने हुन्छ। यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागू हुनेछ। 

साउनबाट सुरु भएको यो अफर असोज ९ गतेसम्म लागू हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .