कारोबार


डिजी पे र स्टार अस्पतालबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता

डिजी पे र स्टार अस्पतालबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता

नेपालखबर
भदौ २, २०७९ बिहिबार १६:११, काठमाडौँ

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।

डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरमा रहेको अस्पतालसँग सम्झौता गरेको हो। 

सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँबराबर ओपीडी टिकट निःशुल्क पाउनेछन्। 

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन्। स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरे। 

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए। त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। 

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुट्किलो र उपलब्धि हो। यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पेका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .