कारोबार


पेवेल नेपालको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त

पेवेल नेपालको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त

नेपालखबर
भदौ ८, २०७९ बुधबार १७:१८, काठमाडौँ

भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन्। 

उनलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराए। 

बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा दुई दशक लामो अनुभव सम्हाल्नुभएका तिमिल्सिना तत्कालीन अरनिको विकास बैंकको सञ्चालकको भूमिका निर्वाह गरेका थिए। उनी हाल चिलिमे जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सञ्चालक र भेन्चर क्यापिटल प्रालिको कार्यकारी अध्यक्षका रुपमा रहेका छन्। सन् २०१९ मा स्थापना भएको पेवेल नेपालबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न सकिनेछ। आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ। 

विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिनेछ। पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम राख्न सकिनेछ।

पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ। यस कम्पनीले छिट्टै वालेटको परिमार्जित भर्सन निकाल्दै छ। जुन प्रयोगकर्तामैत्री हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .