कारोबार


कोभिडपछि बुद्ध एयरको छलाङ : ९ महिनामै ७ अर्ब ६९ करोड आम्दानी

कोभिडपछि बुद्ध एयरको छलाङ : ९ महिनामै ७ अर्ब ६९ करोड आम्दानी

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १२:५३, काठमाडौँ

कोभिड माहामारीपछि बुद्ध एयरले छलाङ मारेको छ। ९ महिनामै कम्पनीले ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको हो। 

कम्पनीले इतिहासमै बढी आम्दानी गरेको छ। मासिक आम्दानी नै ८५ करोड रुपैयाँ रहेको छ। जब कि कोभिडअघिको अवस्थामा मासिक आम्दानी ५६ करोड रुपैयाँमा रहेको थियो। 

आन्तरिक हवाइ यात्रुको संख्या बढेसँगै व्यापार बढेको कम्पनीले जनाएको छ। आन्तरिक पर्यटकको संख्या बढेसँगै वायुसेवा कम्पनीको आम्दानीमा सुधार भएको छ। कम्पनीको आम्दानी बढ्नुमा ३ वटा एटीआर जहाज थप गरेको छ। 

कोभिड महामारीअघिको सामान्य अवस्थामा ७ अर्ब वार्षिक कारोबार गर्न नसकेको कम्पनीले कोभिडपछि आम्दानीमा छलाङ मारेको छ। आर्थिक वर्ष २०७४/०७५ मा ६ अर्ब ८ करोड र २०७५/०७६ मा ६ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा कोभिड माहामारी सुरु भएसँगै कम्पनीको आम्दानीमा गिरावट आयो। उक्त वर्ष ४ अर्ब ९४ करोड रुपैयाँमा सीमित रहयो। आर्थिक वर्ष २०७७/०७८ मा झन् घटेर ३ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। 

अघिल्लो साउनदेखि चैतसम्म बुद्ध एयरले ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। 

कम्पनीले आम्दानी बढे पनि सञ्चालन खर्च बढ्दा आम्दानी घटेको छ। २०७४/०७५ मा कर, ब्याज, अवमूल्यनबाहेकको आम्दानी ३१.८ प्रतिशत नाफा रहेकोमा अहिले १४.१ प्रतिशतमा झरेको छ। 

२०७७/०७८ मा यस्तो नाफा ११.६ प्रतिशत मै सीमित थियो। हवाइ इन्धनको मूल्य बढेसँगै कम्पनीको खुद नाफा घटेको छ। बैंकको ब्याजदर बढ्दा 
निजी क्षेत्रको ठूलो कम्पनीको रुपमा रहेको बुद्ध एयरले जहाज, यात्रु र गन्तब्यको हिसाबले नेतृत्वदायी अवस्थामा रहेको छ। 

सन् १९९६ मा स्थापना भएको बुद्ध एयरले नेपालको आन्तरिक हवाइ उडानमा ठूलो हिस्सा ओगटेको छ। बुद्ध एयरले काठमाडौं र पोखरा विमानस्थलाई आधार मानेर मुख्य सहरमा उडान गर्दै आएको छ। 

कम्पनीको अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत रहेका छन् भने कम्पनीको प्रबन्धनिर्देशकमा वीरेन्द्र बहादुर बस्नेत रहेका छन्। बुद्ध एयरमा शिखर इन्स्योरेन्सको ६ प्रतिशत सेयर हिस्सा रहेको छ। कम्पनीले नेपालको आन्तरिकसँगै काठमाडौं बनारस नियमित उडान गरिरहेको छ। 

आन्तरिकमा हाबी, अन्तर्राष्ट्रिय उडानको तयारी 
बुद्ध एयरले आन्तरिक उडानको अधा बढी हिस्सा एक्लै लिएको छ। काठमाडौं र पोखराका विमानस्थलबाट सबै मुख्य सहरमा उडान गरिरहेको छ। बुद्ध एयरको माउन्टेन्ट फ्लाइट समेत गर्दै आएको छ। 

काठमाडौंबाट विराटनगर, भरतपुर, भन्द्रपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, जनकपुर, सिमरा, तुम्लिङटार, राजविराज उडान गरिरहेको छ। त्यस्तै पोखराबाट धनगढी, भैरहवा, नेपालगञ्ज, जनकपुर उडान गरेको छ। 

बुद्ध एयरले नेपालको दुर्गम उडान र अन्तर्राष्ट्रिय उडानको लागि नयाँ जहाज थप गर्ने तयारी गरिरहेको छ। अन्तराष्ट्रिय उडानमा काठमाडौंबाट बनारस नियमित उडान गरिरहेको कम्पनीले पोखराबाट अन्तराष्ट्रिय उडानकोलागि तयारी गरिरहेको छ। 

बुद्ध एयरले गत जेठमा पोखराबाट अन्तर्राष्ट्रिय उडानको विषयमा अध्ययन गरिरहेको छ। गत जेठमा सम्भाव्यताका लागि एयरबसका प्रतिनिधिसँग छलफल गरेको थियो। 

बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कुन जहाज उपयुक्त हुन्छ भन्ने विषयमा अन्तक्र्रिया गरेको हो। बुद्ध एयरले पोखरा विमानस्थललाई हबको रुपमा उडानलाई प्राथमिकता दिएको छ। पोखराबाट भारतमा उडान गर्ने घोषणा गरेको थियो। 

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि कुन जहाज उपयुक्त र कहाँ–कहाँ उडान भर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको जनाएको छ। बुद्ध एयरसँग हाल एटीआर ७२, एटीआर ४२ र ब्रिचकाफ्ट १९०० डी जहाज रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .