ग्लोबल


आफैंले पालेको कंगारुले लियो वृद्धको ज्यान

आफैंले पालेको कंगारुले लियो वृद्धको ज्यान

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १२:५४, काठमाडौँ

अष्ट्रेलियामा आफैंले पालेको एक कंगारुको आक्रमणबाट ७७ वर्षीय एक वृद्धको ज्यान गएको छ।

वेस्टर्न अष्ट्रेलियाको राजधानी पर्थबाट ४ सय किलोमिटर दक्षिणपूर्वमा यो घटना भएको हो। अष्ट्रेलियामा कंगारुको आक्रमणबाट मानिसको मृत्यु भएको सन् १९३६ यता यो पहिलो घटना हो। 

आफन्तहरुले आइतबार वृद्धलाई आफ्नै घरमा ‘गम्भीर चोट’सहित आफ्नो घरमा फेला परेका थिए।

उक्त दिन बिहान घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीले उक्त कंगारुलाई गोली प्रहार गरी मारेको छ।

अष्ट्रेलियामा कंगारु घरमा पाल्नु अवैध हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .