कारोबार


नबिल बैंकको ‘जेन अल्फा’ : बैंकिङ क्षेत्रको नयाँ मोड

नबिल बैंकको ‘जेन अल्फा’ : बैंकिङ क्षेत्रको नयाँ मोड

नेपालखबर
भदौ २९, २०७९ बुधबार १९:२६, काठमाडौँ

प्रविधिको विकाससँगै मोबाइल, ट्याबलेटलगायतका विद्युतीय उपकरणको प्रयोग बढिरहेको छ। यसको अत्यधिक प्रयोग गर्नेमा बालबालिकाहरु पनि अग्रपंक्तिमा आउँछन्। 

यसले घरबाट बाहिर ननिस्किने, आफ्नो व्यक्तिगत सरसफाइ, पढाइलेखाइबाट टाढिन खोज्ने, घरका सामान्य काममा अभिभावकलाई सहयोग नगर्नेजस्ता समस्या घरपरिवारमा देखिनथालेका छन्। 

अभिभावककै लागि पनि यो चिन्ताको विषय बन्दै गएको छ। यसैलाई दृष्टिगत गरी नबिल बैंकले ‘नबिल जेन अल्फा’ नामक नौलो खालको स्किम ल्याएको छ। 

बालबालिकाले मोबाइल हेरेर यतिकै खेर फाल्ने समयलाई जीवन सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकको दैनिकीमा पनि सहज ल्याउने कुरासँग यो स्किमले जोड्ने बैंकको विश्वास छ। 

के हो ‘नबिल जेन अल्फा’? 
राष्ट्रिय बालदिवसको अवसर पारी नबिल बैंकले सार्वजनिक गरेको यो स्किम डिजिटल एपमा आधारित बचत योजना हो। १८ वर्षसम्मका बालबालिकाले यसमा समाहित भई बचत खाता खोल्न पाउँछन्। 

यो खाताको नाम भने ‘नेपाली रुपैयाँमा खोलिने बचत खाता नबिल जेन अल्फा’ रहेको छ। यसको पूर्ण लाभ लिन अभिभावकको पनि अनिवार्य बचत खाता हुनुपर्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार यदि अभिभावक र बालबालिकाको खाता पहिले नै यस बैंकमा भएको अवस्थामा बालबालिकाको हालको खातालाई ‘नबिल जेन अल्फा’ बचत खातामा परिवर्तन गरी यसअन्तर्गतका सुविधा लिन सकिन्छ। 

यो खाता खोल्दा के फाइदा हुन्छ? 
बैंकका अनुसार यो खाता खोल्दा धेरै फाइदाहरु पाउन सकिन्छ। खासगरी यसले बालबालिकामा वित्तीय साक्षरता अभिवृद्धि गराउँछ। उनीहरुमा वित्तीय अनुशासन कायम गराउनुका साथै आत्मनिर्भर बन्न सिकाउँछ। 

यसले उनीहरुलाई बचत गर्ने बानी बसाउँछ। मिहिनेत र लगनशीलता अभिवृद्धितर्फ उत्प्रेरित गराउँछ। अर्को महत्वपूर्ण फाइदा बालबालिका तथा अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पु¥याउँछ। 

यसका आफ्नैखाले विशेषता छन्। जस्तो कि अभिभावकको खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा जान्छ। यतिमात्र नभई बालबालिकाको खातामा रहेको रकमबाट समय–समयमा क्युमुलेटिभ मुद्दती खातामा जम्मा समेत गर्न सकिन्छ। बालबालिकाहरुलाई नबिल जेन अल्फ मोबाइल एपको माध्यमबाट काम र लक्ष्य एकीन गरी जिम्मेवारी दिन सकिने सुविधा यसमा छ। लक्ष्य प्राप्तिपश्चात् पुरस्कृत समेत गर्न सकिने बैंकले जनाएको छ। 

अभिभावकले तोकेको रकम स्वतः बालबालिकाको खातामा 
नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा’ बैंकिङ क्षेत्रमै नयाँ स्किम हो। यसमा बालबालिकाको बचतलाई उच्च महत्व दिइएको छ। यो सुविधाअनुसार अभिभावकले तोकेको रुकम उनीहरुको खाताबाट समयतालिकाअनुसार स्वतः बालबालिकाको खातामा जम्मा हुन जान्छ। 

तर यसमा अभिभावक आफैँले जम्मा गर्ने विकल्प बैंकले दिएको छ। यसअनुसार अभिभावक आफैँले ‘नबिल स्मार्ट ब्यान्क’ (मोबाइल बैंकिङ एप) बाट र बैंकबाट स्ट्यान्डिङ इन्स्ट्रक्सन (एसआई)अन्तर्गत लिन पनि सक्ने सुविधा छ। 

‘नबिल जेन अल्फा’बाट क्युमुलेटिभ मुद्दतीमा स्वतः जम्मा हुने सुविधा
बैंकले ‘नबिल जेन अल्फा’बाट क्युमुलेटिभ मुद्दतीमा स्वतः जम्मा हुने सुविधा पनि दिएको छ। जस्तो कि बालबालिकाको नबिल जेन अल्फा खातामा ३० हजार रुपैयाँभन्दा बढी मौज्दात छ भने स्वतः उक्त खातामा न्यूनतम १० हजार राखी बाँकी रकम बालबालिकाको क्युमुलेटिभ मुद्दती खातामा जम्मा हुने सुविधा यसमा छ। 

क्युमुलेटिभ मुद्दती खाता भनेको चाहिँ एक प्रकारको मुद्दती खाता हो। यसअन्तर्गत आफूसँग बचत खातामा भएको रकम मुद्दती खातामा थप्दै जान सकिन्छ। यसमा उच्च ब्याज प्रतिफल रहेको बैंकले जनाएको छ। 

यसरी चलाउने ‘नबिल जेन अल्फा’ मोबाइल एप 
‘नबिल जेन अल्फा’ एपमा आधारित स्किम भएकोले बैंकले यसको लागि छुट्टै एप बनाएको छ। यो एपको लागि सुरुमा गुगलको प्लेस्टोरमा जानुपर्छ। त्यहाँ गएर ‘नबिल जेन अल्फा’ टाइप गरेपछि यसलाई देखाउँछ। त्यसपछि एप डाउनलोड गर्नुपर्छ। त्यसपछि अभिभावक र छोराछोरीको छुट्टाछुट्टै ‘मेम्बरसिप रजिष्ट्रार’ (सदस्यता दर्ता) गर्नुपर्छ। त्यसपछि अभिभावकले बालबालिकाको लागि क्रियाकलाप र लक्ष्य एकीन गर्नुपर्छ। 

यो भनेको अभिभावकले आफ्ना बालबालिकालाई कामहरु छानेर गर्न लगाउने हो। उसले त्यो काम पूरा गरे पुरस्कृत गर्ने सुविधा यसमा छ। पुरस्कृत भनेको क्रियाकलाप र लक्ष्यप्राप्तिपछि उनीहरुको खातामा पैसा रकमान्तर गर्ने (पठाउने) हो। 
यसका निश्चित सुविधा प्रयोग गर्न पाइन्छ। जस्तो कि यसबाट अभिभावकको खाताबाट बालबालिकाको खातामा मात्रै तोकिएको रकम रकमान्तर गर्न सकिन्छ। 

१८ वर्षसम्मका बालबालिकाले यसलाई सजिलै चलाउन सक्ने बैंकले जनाएको छ। 

यो एप नबिल जेन अल्फा खाताको लागि बनाइएको एप हो। अभिभावक र बालबालिका दुवैले आफ्नो मोबाइलमा यसलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। 

के भन्छन् नबिल बैंकका सीईओ? 
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना यस योजना लामो समयको प्रयासपछि ल्याएको बताउँछन्। 

उनले स्किमबारे भने, ‘यो योजना बालबालिकाहरु डिजिटल प्लेटफर्ममा रहेकोले घरमा के गरेर प्रोत्साहित र सेभिङ के हो भन्ने कुरा महसुस गराउन ल्याएका हौँ।’

अभिभावकहले यस एपमार्फत आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने उनको भनाइ छ। बालबालिकाहरुले पनि दिइएको कार्यसम्पादनपछि अंक कमाउन सक्ने र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान भएकाले उनीहरुलाई काममा प्रोत्साहित गराउन सकिनेछ। 

यसले पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक गर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन विशेष भूमिका निर्वाह गर्ने बैंकको विश्वास रहेको उनको भनाइ छ। 

अभिभावक पनि खुसी 
नबिल बैंकको नौलो र रचनात्मक बचत योजनाप्रति अभिभावकहरु पनि खुसी देखिएका छन्। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी यो योजनाले फरक महशुस गराउने बताउँछन्। 

उनले भने, ‘अहिले देखिएको समसामयिक समस्यालाई केही पर हटाउँदै उनीहरुलाई जागृत गराउन यसले मद्दत गर्छ।’ 

बैंकका अनुसार यस खातासम्बन्धी विस्तृत जानकारी तथा नबिल जेन अल्फा एपको प्रयोगसम्बन्धी थप जानकारी बैंकको वेबसाइट अथवा ‘कस्टुमर केयर’को आधिकारिक नं ०१५९७००१५ तथा नजिकको शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ। 

सामाजिक विकासमा सह्राहनीय काम 
नबिल बैंकले पछिल्लो समय आफ्नो बैंकिङ कारोबारलाई पनि सामाजिक विकासमा अघि बढाउँदै आएको छ। बैंकले पछिल्लो समय केही आफ्ना योजनाहरु सामाजिक विकासमा केन्द्रित गरेर अघि बढाएको छ। 

गत वर्ष नबिल बैंकले दिगो विकाससँग जोडेर आफ्नो योजना सार्वजनिक गरेको थियो। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गई सुदृढ नेपालका लागि स्थायी लघु उद्यम सिर्जना गर्न सुविधारू उपलब्ध गराएको थियो। यो योजना स्थानीय स्तरमा केन्द्रित छ।

त्यस्तै बैंकले अर्को योजनाको रुपमा सामाजिक उद्यामशीलता भन्दै विद्यालय जोडेर आफ्नो नेपालको बैंकिङ क्षेत्रमा नयाँ कार्यक्रम कार्यान्वयन गरिरहेको छ। यसले नयाँ उद्यमशीलता कसरी निर्माण गर्ने नयाँ उद्योगहरुहरु कसरी नेपालमा जन्माउने भन्ने उद्देश्यसहित काम गरिरहेको छ। 

नबिल जेन अल्फा पनि सामाजिक गतिविधिसँग जोडिएको अर्को एक योजना हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .