ad ad

कारोबार


आठौँ संविधान दिवसमा एनसेलको अफर, अनलिमिटेड र अल नेटवर्क प्याक

आठौँ संविधान दिवसमा एनसेलको अफर, अनलिमिटेड र अल नेटवर्क प्याक

नेपालखबर
असोज २, २०७९ आइतबार १३:३६, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबारबाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएको छ। 

अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् । 

यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबार देखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाईदै छ । 

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । 

एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन्। 

यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ। 

यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .