कारोबार


हिमालयन बैंकले सञ्चालनमा ल्यायो पैसा जम्मा गर्न मिल्ने सीडीएम मेसिन

हिमालयन बैंकले सञ्चालनमा ल्यायो पैसा जम्मा गर्न मिल्ने सीडीएम मेसिन

नेपालखबर
असोज ३, २०७९ सोमबार १७:५७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले पैसा जम्मा गर्न मिल्ने क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालन ल्याएको छ। 

बैंकले गत भदौ २७ देखि न्यूरोड शाखामा सीडीएम सञ्चालनमा ल्याइएको हो। सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्। 

सो मेसिनबाट रकम जम्मा गर्दा विना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ। मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्। 

हिमालयन  बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बंैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ । 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .