ad ad

कारोबार


आईएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

आईएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

नेपालखबर
फागुन २८, २०७९ आइतबार १६:५३, काठमाडौँ

‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत् राखेको छ। 

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो। 

यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ।
 

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००),  एक हजार (रू. १, ०००)  गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच  (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%)  सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।  

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत  र दर्ता नभएको मोवाइल नम्बरमा  दुई प्रतिशत कायम गरिएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .