ad ad

कारोबार


‘ह्याप्पी आवर्स’ योजना : ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानीमा २० प्रतिशत फिर्ता

‘ह्याप्पी आवर्स’ योजना : ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानीमा २० प्रतिशत फिर्ता

नेपालखबर
चैत १९, २०७९ आइतबार १६:१४, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

बैंकले मोबाइल बैंकिङ एप्लिकेसन– ‘ग्लोबल स्मार्ट प्लस’बाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। 

यस ह्याप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन्। २०७९ चैत १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रतिग्राहक प्रतिदिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ।  

यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ– 

क्र.सं. दिन समय प्रयोजन क्यासब्याक
आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा प्याक खरिद २०% सम्म (अधिकतम रु. १००)
२  सोमबार बेलुका ७ देखि १० सम्म टिभिको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
मंगलबार बेलुका ७  देखि १० सम्म इन्टरनेटको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
बुधबार बेलुका ७ देखि १० सम्म हवाईजहाजको टिकट खरिद  २०% सम्म (अधिकतम रु. २००)
शनिबार बिहान ७ बेलुका ७ सम्म केबलकारको टिकट खरिद २०% सम्म (अधिकतम रु. २००)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .