ad ad

कारोबार


डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

नेपालखबर
चैत २०, २०७९ सोमबार १४:२१, काठमाडौँ

डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको  छ।

यसका विजेताको घोषणा मार्च ३१ मा गरिएको थियो। 

यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो। 

ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो। 

अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको कम्पनीले जनाएको छ। 

‘यो अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्तिः आफ्ना  कर्मचारीहरुलाई महत्व दिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण हो’, कम्पनीले भनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .