ad ad

कारोबार


दराज सेलर बन्न कुनै पनि व्यवसायलाई एकदमै सजिलो छ : युयुत्सव सुवेदी (अन्तर्वार्ता)

दराज सेलर बन्न कुनै पनि व्यवसायलाई एकदमै सजिलो छ : युयुत्सव सुवेदी (अन्तर्वार्ता)

दराजमलका प्रमुख युयुत्सव सुवेदी


नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:३८, काठमाडौँ

युयुत्सव सुवेदी दराजमलका प्रमुख हुन्। पछिल्लो समय दराजमार्फत नेपालमा अनलाइन किनमेल फस्टाइरहेको छ। मानिसहरुले घरमै सामान अर्डर गरी बजार जाने बाध्यता क्रमश: हटिरहेको छ। यसमा दराजले महत्त्वपूर्ण योगदान गरेको छ।

किन्नेलाई त सुविधा मिलेकै छ, दराजमा आबद्ध भएर सामान बेच्नेलाई पनि दराजले सहजीकरण गरिरहेको छ। बिक्रेताहरुले दराज सेलर बनी आफ्नो व्यावसायिक पहुँच विस्तार गरिरहेका छन्। यिनै सन्दर्भमा दराजमलका प्रमुख सुवेदीसँग गरिएको संक्षिप्त वार्ता :

तपाईंको व्यवसाय कसरी दराज बिक्रेता बन्छ? दराजमा बिक्रेता बन्न जरुरी किन छ?
दराज सेलर बन्न कुनै पनि व्यवसायलाई एकदम सजिलो छ । यदि कुनै पनि व्यवसायको कानुनी दर्ता छ र उनीहरुको सामान डेलिभरीको दायराभित्र आउँछ भने उनीहरुले दराजका केही नियम पालना गरेर बिक्रेता बन्न सक्छन्। यसले बिक्रेताहरुको पहुँच विस्तार गर्नेछ।

विराटनगर वा बिर्तामोडका कुनै पनि बिक्रेताले दाङ वा धनगढीमा उत्पादनहरू बेच्न सक्छन् जुन काम अफलाइन बसेर गर्न एकदमै गाह्रो हुने गर्छ। दराजमा तपाईंको सुरक्षित भुक्तानीले सुरक्षित भुक्तानीको पनि मजा लिन सक्नुहुनेछ। साथै तपाईंले यसमा काम जोखिमको सामना गर्नुपर्नेछ र हेर्ने नै हो भने भुक्तानी पनि समयमै हुने गर्छ।

आफ्ना बिक्रेताहरूलाई दराजमा व्यापार बढाउन कसरी सहयोग पुग्छ?

दराजले कुनै पनि बिक्रेतालाई उनीहरुको व्यवसाय बढाउन मद्दत गर्ने सबैभन्दा ठूलो सहयोग डाटाको सन्दर्भमा आउँछ। एक अग्रणी ई-कमर्स प्लेटफर्मको रुपमा स्थापित भएको दराजले बिक्रेताहरुलाई डेटा प्रदान गर्छ र उनीहरुलाई आफ्नो व्यवसायसम्बन्धी विभिन्न रणनीतिहरु विकास गर्न मद्दत गर्छ।

दराजले हरेक काम गर्दा आत्मीयताको सिद्धान्त प्रयोग गर्छ र दराजमा आबद्ध हरेकले आफ्नो तर्फबाट भरपर्दो प्रयास गरिरहेका छन्। किनकि सेलरको विकास हुनु नै दराजको विकास हुनु हो भन्नेमा कुनै दुई मत छैन।

के दराजले ठूला र अन्तर्राष्ट्रिय ब्रान्डको मात्रै प्रचार गर्छ? साना व्यवसायहरूले दराजबाट कसरी फाइदा लिन सक्छन्? के यो साना ब्रान्डहरूको लागि दिगो छ?
दराज सानोदेखि ठूलो र घरायसीदेखि अन्तर्राष्ट्रिय व्यवसायसम्मका लागि खुल्ला छ। विशेष गरी दराजमा नेपाली ब्रान्डहरुलाई प्राथमिकता दिइएको छ जसलाई प्राउडली नेपालीमार्फत सञ्चालन गरिँदै आएको छ । त्यसैगरी, दराजसँग स्थानीय ब्रान्डलाई प्रवर्द्धन गर्ने समर्पित टोली छ। यसले साना तथा मध्यम व्यवसायलाई पछिसम्म फस्टाउन मद्दत गर्दछ किनकि यसबाट उनीहरूले एक्सपोजर गर्न सक्छन् र अफलाइन स्टोर स्थापना गर्न र सञ्चालन गर्न तिनीहरूको लागत उल्लेखनीय रूपमा कम हुनेछ।

दराज निरन्तर क्याम्पेन र छुट प्रस्तावहरुसँग आउँदै छ। नववर्ष उत्सवजस्ता क्याम्पेनहरूले बिक्रेताहरूलाई कसरी मद्दत गर्छ?

दराज जहिल्यै आफ्नो बिक्रेता र ग्राहकहरुलाई उचित मूल्य र मान प्रदान गर्नमा तल्लीन छ। दराज क्याम्पेन यसमध्ये एक हो । दराज क्याम्पेन किनमेल पर्व हो जहाँ ग्राहकहरुले आफूलाई मन पर्ने सामान किन्दा राम्रो अफर तथा छुट प्राप्त गर्न सक्छन् ।

दराज क्याम्पेनले ग्राहकसामु एक भरपर्दो मूल्य र मान्यता बनाइसकेको छ र अझै धेरैभन्दा धेरै ग्राहकहरु आकर्षित गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ। ग्राहकको आकर्षणले सेलरको प्रोडक्टहरु बिक्री हुने सम्भावना बढी हुन्छ जसले गर्दा यसले सेलरलाई पनि फाइदा पुर्याउँछ । सेलरहरुले ग्राहकहरुलाई आकर्षित गर्न मेगा डिलहरु प्रदान गरेर उनीहरुलाई नियमित ग्राहकमा परिणत गर्न सक्छन । नववर्ष उत्सव एक सबैभन्दा ठूलो क्याम्पेन हो जहाँ दराज सेलरहरुले फराकिलो रुपमा व्यावसायिक फड्को मार्ने आशा गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .