कारोबार


नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई दियो १८ लाखका चेकिङ बोर्ड

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई दियो १८ लाखका चेकिङ बोर्ड

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:१०, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ।

बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई करिब १८ लाख रूपैयाँबराबरका १९० वटा चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन्।  

पराजुलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने जाँचलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताए। 

चेकिङ बोर्डहरूको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मतसम्भारसमेत कम्पनीले गरिदिनेछ। 

अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरणका साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने बताए।

आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमरू सञ्चालन गर्न आतुर रहेको उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .