कारोबार


कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक डिशहोम फाइबरनेट

कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक डिशहोम फाइबरनेट

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:१८, काठमाडौँ

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजनको मुख्य प्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।

आगामी  फागुन ३ र ४ गतेबाट निरन्तर प्रसारण हुने शोको पावर्ड बाई स्पन्सरमा डिशहोम रहने भएको हो। 

होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक सुदिप आचार्य र एडी रिलिजबीच कार्यक्रमको प्रायोजन गर्ने सम्झौता भएको हो। 

तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही ज्येष्ठ नागरिकसम्म, तराई मूलदेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मको प्रस्तुति हेर्न पाइनेछ। 

विगतका सिजनको लोकप्रियता र विवादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरज सिंह ठकुरीले उत्पादन टिमप्रति आफ्नो विश्वास रहेको र समुदाय, परिवार र धर्म, वर्ग, लिङ्गको आधारमा विभेद हुने कन्टेन्टमा आफू सिरियस भएको र सँगै कम्तीमा परिवारसँगै बसेर हेर्न सकिने समाजलाई पाच्य हुने विषयवस्तु कार्यक्रममा आउने विश्वास व्यक्त गरे । 

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन्।

यस सिजनका विजेताले पनि नगद २५ लाख तथा सोही बराबरको गाडी जित्नेछन् भने टेलिभिजनको प्रसारण सकिनेबित्तिकै ओएसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ। 

डिजिटल अडिसनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .