कारोबार


नयाँ प्याकमा आयो चोकोफन बिगफन

नयाँ प्याकमा आयो चोकोफन बिगफन

नेपालखबर
माघ १४, २०८० आइतबार १४:४५, काठमाडौँ

कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा. लि. ले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ। 

कम्पनीका अनुसार चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर  ४ तहहरु हुन्छन् र त्यसमाथि भनिला स्ट्रिप्स हुन्छ जसको स्वादले उपभोक्तालाई आधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्दछ।  

आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफन को नयाँ प्याकेजिङ एकदमै आकर्षित छ। जसले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्दछ। 

चम्किलो रातो रंग र सुनौलो रंगले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाएको छ, बिगफनको लोगोलाई आझ बढी प्रस्ट र आकर्षक रुपमा देखायको छ भने भनिला स्ट्रिप्ससहितको वेफर पनि आकर्षित ढङ्गमा देखाइएको छ। चोकोफन बिगफन १५ ग्राम  मात्र १० रुपैयाँमा जार र प्याकेटमा बजारमा उपलब्ध  छ। 

चोकोफन बिगफन को नयाँ प्याकको बजार  प्रवर्द्धन “ह्याप्पी न्यु प्याक टु यु” भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा प्रवर्द्धन अभियान सुरु गरिएको  छ।  यस अभियानलाई मुख्यत डिजिटल माध्याम तथा सोसल मेडिया बाट गरिएको छ।

चोकोफन बिगफनको उत्पादन संसारकै अत्याधुनिक वेफर उत्पादन प्रबिधिको औटोमटिक मसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिन्छ। 

अन्तर्राष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस चोकोफन बिगफन को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ।  चोकोफन बिगफन ६० वटाको आकर्षक जारका साथै १२ पिसको प्याकेटमा बजारमा उपलब्ध छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .