कारोबार


एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

नेपालखबर
फागुन ६, २०८० आइतबार ११:३७, काठमाडौँ

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ।

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो। 

यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू सञ्चालन गर्नेछ। 

यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने बताए। 

‘द ब्रिटिश कलेजसँगको रणनीतिक साझेदारी गर्न पाउँदा हर्षित छौँ,’ उनले भने, ‘यो सहकार्यले विद्यार्थीहहरूलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाएर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ 

यस्तै ब्रिटिस कलेजको स्कूल अफ कम्प्युटिङका प्रमुख डा. रोहित पाण्डेले सीपयुक्त विद्यार्थी तयार गर्ने योजनाअनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको बताए। 

‘विद्यार्थीहरूलाई बजारका लागि योग्य बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं। त्यसैअनुसार प्रिक्सासँग साझेदारी भएको हो,’ पाण्डेले अगाडि भने।

प्रिक्साले बिट्रिस कलेजमा एआई, मेसिन लर्निङ सम्बन्धि कक्षाका साथै विभिन्न वर्कशप समेत सञ्चालन गर्ने जनाएको छ। विशेष गरी यसबाट बिट्रिस कलेजमा एम्एससी/बीएससी कम्प्युटर साईन्स (एआई) मा भर्ना हुने विद्यार्थीहरुलाई फाइदा हुने कलेजले जनाएको छ।

ब्रिटिस कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसै वर्षदेखि एआई स्पेसिलाइज्ड चार वर्षे एम्एससी/बीएससी कम्प्युटर साइन्स सुरू गरेको छ।

प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक इन्जिनियरिङ क्लेजमा स्नातक र स्नाताकोत्तरमा एआई कोर्ष अध्यापन गराउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .