ad ad

कारोबार


एसियन टेलिकम अवार्डमा भायनेटले जित्यो २ अवार्ड

एसियन टेलिकम अवार्डमा भायनेटले जित्यो २ अवार्ड

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १७:३८, काठमाडौँ

भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ । 

एक्सजीएस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउन सफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ। 

अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो। उक्त अवार्डको लागी भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो। 

विभिन्न निर्णायकहरूको प्रक्रियागत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेटलाई विजेताको रूपमा चयन गरेको बताइएको छ। कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो। एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ । अवार्ड कार्यक्रमले एसियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिँदै आएको पाइन्छ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै भायानेट सधैं ग्राहकको आवश्यकताअनुरुप नवीनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहेको बताइन्। यी पुरस्कारहरूले कम्पनीको टिम र ग्राहकप्रतिको प्रतिबध्दतालाई थप ऊर्जा प्रदान गर्ने उनको भनाइ छ। 

एक्सजीएस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रतिसेकेन्ड (जीबीपीएस) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .