ad ad

कारोबार


सीजी ब्रान्डले सुरु गर्‍यो अन्तर्क्रियात्मक डिजिटल बोर्ड

सीजी ब्रान्डले सुरु गर्‍यो अन्तर्क्रियात्मक डिजिटल बोर्ड

नेपालखबर
चैत ७, २०८० बुधबार १६:५६, काठमाडौँ

 इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तर्क्रियात्मक डिजिटल बोर्डको बिक्री सुरु गरेको छ। 

अन्तर्क्रियात्मक डिजिटल बोर्डहरू ठूला साइजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तर्क्रिया गर्न पनि सकिन्छ।

बोर्डमा फोरके रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू छन्। ती बोर्ड ६५, ७५ र ८६ इन्चका छन्।  

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन्।

रिमोट लर्निङसग मिल्दो, अन्तर्क्रियात्मक डिजिटल बोर्डले माइक्रोसफ्ट टिम, गुगल मिट, स्काइप र जुमजस्ता प्रविधियुक्त कुराहरुसँग सजिलै जोडिन सक्छ।  यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .