कारोबार


ईसेवा मनी ट्रान्सफरले ल्यायो ‘रेमिट पर्व ’, हरेक हप्ता १ जनालाई २५ हजार

ईसेवा मनी ट्रान्सफरले ल्यायो ‘रेमिट पर्व ’, हरेक हप्ता १ जनालाई २५ हजार

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:५२, काठमाडौँ

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको छ।

कम्पनीका अनुसार रेमिट पर्व योजना यही साउन ३० देखि एक महिनासम्म सञ्चालन हुनेछ। यसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

योजनामा सहभागी हुन ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रुपैयाँबराबरको रेमिट पठाउनुपर्नेछ। ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेको बताए। 

उनले भने, ‘यसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो।’ 

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट  इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad