हिमालयन डिस्टिलरी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४२ करोड ५५ लाख ६६ हजार ६ सय ९५ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा २८ करोड ८१ लाख ४७ हजार २ सय ४७ रुपैयाँ थियो।
तुलनात्मक रुपमा कम्पनीले यो त्रैमासिकमा १३ करोड ७४ लाखले मुनाफा बढाएको देखिएको छ।
कम्पनीले यस अवधिमा कुल सञ्चालन आय ४४ करोड २८ लाख ५८ हजार २७ रुपैयाँ गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ४० लाख ५८ हजार ५ सय १६ रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
कम्पनीको सञ्चालन मुनाफा पनि पहिलो त्रैमासिकमा बढेको छ। अघिल्लो आवको सोही अवधिमा १५ करोड ६२ लाख ८१ हजार ५ सय ४२ रुपैयाँ सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिमा २८ करोड १९ लाख ४७ हजार ८ सय ७३ रुपैयाँ कमाएको हो।
कम्पनीको यस अवधिमा करअघिको नाफा २६ करोड ७३ लाख ६१ हजार ६ सय ६२ रुपैयाँ छ।
प्रतिसेयर आम्दानी २९.७७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३३.२९ रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया