सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले गरेका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरुलगायत सहभागी थिए।
नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।
ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ।
डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
Shares

प्रतिक्रिया