कारोबार


जाडो मौसमलाई लक्षित गर्दै सीजी ब्रान्डका नयाँ विन्टर प्रोडक्ट सार्वजनिक

जाडो मौसमलाई लक्षित गर्दै सीजी ब्रान्डका नयाँ विन्टर प्रोडक्ट सार्वजनिक

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १७:३१, काठमाडौँ

जाडो यामलाई लक्षित गर्दै सीजी ब्रान्डले आफ्नो नयाँ विन्टर प्रोडक्टसहरु सार्वजनिक गरेको छ। 

झन् झन् जाडो बढेसँगै आफू र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराइरहन सीजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसी इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ। 
 
जाडो मौसममा तातो पानि पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई थर्मस तथा भ्याकुम फल्याक्स पनि उपलब्ध गराइएको छ। 

त्यसैगरी सीजीद्वारा बजारमा सर्वत्र उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फयानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ। 

साथै, मोटरमा १० वर्षको वारेन्टी भएको सीजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पु¥याउने भएको छ। अन्ततः सीजी र सीजी मेरिडियाको गिजरको प्रयोग गरी तातोपानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसीको प्रयोग गरी न्यानो रहन पनि सहज हुने भएको छ। 

सीजीले आफना विन्टर प्रोडक्टसहरु वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्यास गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad