कारोबार


कार्ल्सबर्ग ग्रुपले किन्यो कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सेयर

कार्ल्सबर्ग ग्रुपले किन्यो कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सेयर

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १९:११, काठमाडौँ

कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)मा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीईको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ।

सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रा.लि. (सीआईपीएल) मा १०० प्रतिशत सेयर स्वामित्व रहेको छ र नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रा.लि. (जीबीपीएल) मा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।

२०८१ साउन १८ गते ग्रुपले यसबारे जानकारी दिएको थियो। यसअनुसार कार्ल्सबर्ग ग्रुपले अब  भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ भने सीएसएपीएलमार्फत गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad