कारोबार


आसिफ शेख बने आईएमई पेको ब्रान्ड एम्बेसडर

आसिफ शेख बने आईएमई पेको ब्रान्ड एम्बेसडर

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १८:३४, काठमाडौँ

डिजिटल वालेट आईएमई पेले नेपाली क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बेसडर बनाएको छ। 

नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय क्रिकेट खेलहरुमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन्। 

नेपाली क्रिकेटको लागि समर्थन जारी राख्दै यो साझेदारी गरेको कम्पनीले जनाएको छ। 

खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुने र यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोससँग जोड्न महत्त्वपूर्ण कदम चालेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad