आईएनजी ग्रुपले नेपालका विभिन्न जिल्लाबाट काठमाडौं, पोखराजस्ता सहरमा ल्याएर विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।
आर्थिक अभावका कारण सपना पूरा गर्न नसक्ने क्षमतावान् विद्यार्थीहरुलाई ग्रुपले छात्रवृत्ति प्रदान गर्दै आएको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रुपले हामी नेपाली सक्षम छौँ भन्ने नारासहित १६ जना विद्यार्थीलाई काठमाडौं र पोखराका नाम चलेका कलेजमार्फत उच्चशिक्षा प्रदान गरेको बताएको हो।
ग्रुपले सिन्धुपाल्चोकबाट ४ जना विद्यार्थीलाई कम्प्युटर साइन्स विषयमा २ वर्ष जेभियर कलेज र बाँकी स्नातक इस्लिङ्टन कलेजमा काठमाडौंमा पढाएको छ।
ग्रामीण क्षेत्रबाट सपना पूरा गर्न संघर्षरत विद्यार्थीको सपनाको सारथि बनेको यो ग्रुपले चितवनबाट पनि १२ जना विद्यार्थीलाई पोखराको इस्लिङ्टन कलेजमा होटल मेनेजमेन्ट पढाइरहेको छ।

आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको सपना पूरा गर्न ग्रुपले माइसेकेन्ड टिचरमार्फत पनि विकट हिमाली क्षेत्रहरुमा प्राविधिक शिक्षा पु¥याइरहेको जनाएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ग्रुपले विकट जिल्लामा पढ्ने सपना बोकेका विद्यार्थीहरुलाई नेपालमै दक्ष बनाउन विभिन्न संस्थाहरुसँगको सहकार्यमा काम गरिरहेको उल्लेख गरेको छ।
ग्रुपले हामी नेपाली सक्षम छौँ भन्ने नारासहित विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरेर दक्ष बनाइरहेको छ।
यस्तै ग्रुपले माइसेकेन्ड टिचर र बेलायतको लन्डन मेट्रोपोलिटियन युनिभर्सिटिजसँग पनि शैक्षिक सहकार्य गर्ने भएको छ।
Shares

प्रतिक्रिया