कारोबार


क्रिसमसमा नामीले भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइज दिने

क्रिसमसमा नामीले भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइज दिने

नेपालखबर
पुस ९, २०८१ मंगलबार १४:३८, काठमाडौँ

क्रिश्चियन धर्मावलम्बीको क्रिसमसको अवसरमा सवारीसाधन ब्रान्ड नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ।

डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउने कम्पनीले जनाएको छ।

"अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी" डिसेम्बर २३ मा सुरु भइसकेको र काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ। डिसेम्बर २५ मा काठमाडौं उपत्यकाबाहिर विस्तार भएर नेपालका प्रमुख सहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन्।

यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन्। यसबाहेक, ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस  फिचर्स् हरु आफैं अनुभव गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad