कारोबार


एनसेलले यही वर्ष नेपालमा थ्रिजी सेवा बन्द गर्ने

एनसेलले यही वर्ष नेपालमा थ्रिजी सेवा बन्द गर्ने

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:२७, काठमाडौँ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२५ भित्रै नेपालबाट थ्रिजी सेवा बन्द गर्ने भएको छ। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ विषयक कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले उक्त जानकारी दिएका हुन्। 

यही वर्ष थ्रिजी सेवा बन्द गर्ने तयारी कम्पनीले गरेको उनको भनाइ थियो। यसका लागि सरकारले भीओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाइ गर्न उनले सरकारलाई अनुरोध गरे। 

अब नेपालको टेलिकम व्यापार सब्स्क्रिप्सन मोडलमा लैजान ढिलो गर्न नहुने उनको भनाइ थियो। 

कार्यक्रममा कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरुलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरे। 

फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाइभजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहे पनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाइ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad