कारोबार


सकियो इन्डो-नेपाल सीएसआर समिट

सकियो इन्डो-नेपाल सीएसआर समिट

नेपालखबर
जेठ ११, २०८२ आइतबार १२:५२, काठमाडौँ

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा 'जी' फाउन्डेसनको सहकार्यमा इन्डो नेपाल सीएसआर समिट काठमाडौँमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरुले यसलाई ध्यान दिन नसकिरहेको बताएकी थिइन्। 

उनले सीएसआरका कार्यक्रमहरुले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताइन्।

उनले भनिन्, ‘हामीले सीएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ। यसमा कर्पोरेट कमुनिटिजहरुले पनि बहस गर्न जरुरी छ। सीएसआर भनेको पैसा मात्रै होइन। यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो।’

यस्तै कार्यक्रमका विशिष्ट वक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्धनिर्देशक रवि रायवरमले सीएसआरजस्तो महत्त्वपूर्ण छलफल भएको पाउँदा खुसी भएको उल्लेख गरे।

उनले भने, ‘सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरुले सीएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ।’

कार्यक्रममा विफक्याप नेपालका सीईओ मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० जना उद्यमीहरुलाई वित्तीय साक्षरता पनि दिने जानकारी दिए। यस्तै आगामी वर्ष एसिया सीएसआर समिट पनि गर्ने जानकारी दिए।

यस्तै कार्यक्रमका सत्रहरुमा इन्डियाका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले सीएसआरका मोडालिटीहरु प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। त्यसपछि बल्ल समाजमा उल्लेखनीय समाजसेवाका कार्यक्रमहरु स्थापना गर्न सकिने उनीहरुको भनाइ थियो।

कार्यक्रममा नेपालका सांसदहरु, मन्त्रालयका उच्चपदस्थ व्यक्तित्वहरु तथा भारत र नेपालका वरिष्ठ सीएसआर विशेषज्ञहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधहरुको उपस्थिति थियो।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुमा उद्यम गर्ने हजारौं युवाहरुमाझ विभिन्न सीपमुलक कार्यक्रमहरु, मानव विकास, क्षमता अभिवृद्धि जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ।

साथसाथै विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु एवं वित्तीय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ।

नेपालमै पहिलोपटक सांसदहरुमाझ वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रुपमा पनि बिफक्याप नेपाल परिचित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad