कला


‘हेरा फेरी ३’ विवादमा परेशले भने- सबै मुद्दा समाधान हुनेछन्

‘हेरा फेरी ३’ विवादमा परेशले भने- सबै मुद्दा समाधान हुनेछन्

नेपालखबर
जेठ ११, २०८२ आइतबार १२:५८, काठमाडौँ

बलिउड फिल्म ‘हेरा फेरी ३’  बाट पवेश रावल अचानक बाहिरिएको कुराले धेरैको ध्यान खिचिरहेको छ।

यस फिल्ममा उनले बाबु भैयाको भूमिका निभाएका थिए। उनको भूमिकालाई धेरैले मन पराएका थिए। 

अब अचानक तेस्रो शृंखलाबाट बाहिरिएपछि उनले फ्यानहरूलाई मात्र नभई स्टार कास्ट र निर्माताहरूलाई पनि स्तब्ध पारेका छन्।

‘हेरा फेरी ३’ बाट रावल बाहिरिने निर्णय गर्नेबित्तिकै निर्माता समेत रहेका अक्षयकुमारले उनलाई कानुनी सूचना पठाएका थिए र २५ करोड रुपैयाँको मुद्दा दायर गरे। मुद्दा बढेपछि परेशले हस्ताक्षर रकम फिर्ता गरे।

आइतबार परेश रावलले ‘हेरा फेरी ३’ को कानुनी मुद्दामा प्रतिक्रिया दिएका छन्। उनले एक्सनमा एक ट्विट गर्दैं यो मुद्दा चाँडै समाधान हुने आशा व्यक्त गरे। 

उनले लेखेका छन्, ‘मेरो वकिल अमित नायकले मेरो वैध बर्खास्ती र बहिर्गमनको बारेमा उचित जवाफ पठाउनुभएको छ। एकपटक उनले मेरो जवाफ पढेपछि, सबै समस्याहरू समाधान हुनेछन्।’

यो फिल्म किन छाडेको बारेमा भने उनले अहिलेसम्म स्पष्ट पारेका छैनन्। यद्यपि, मिडिया रिपोर्टहरूमा धेरै प्रकारका हल्लाहरू फैलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad