कारोबार


डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझी

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझी

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १३:०, काठमाडौँ

डिशहोम इन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

ब्रान्ड एम्बेसडर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो। 

उक्त सम्झौतामा डिशहोम इन्टरनेटका मुख्य बजार अधिकृत (सीएमओ) सञ्जय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम इन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसात्  गरेको उल्लेख गरेको छ।

कम्पनीले भनेको छ, ‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौँ। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ।’

रायमाझीले डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताइन्। 

‘यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो’, उनले भनिन्।

डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम’ मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad