कारोबार


एभरेष्ट बैंकले ल्यायो ‘ईबीएल भर्चुअल क्रेडिट कार्ड’

एभरेष्ट बैंकले ल्यायो ‘ईबीएल भर्चुअल क्रेडिट कार्ड’

नेपालखबर
जेठ २१, २०८२ बुधबार १८:८, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गरेको छ।

बैंकले जेठ २० देखि आफ्ना ग्राहकवर्गको लागि ईबीएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो। 

बैंकका अनुसार ईबीएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो।

ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्। सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्। साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad