नेपाल राष्ट्र बैंकले दुई डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ।
योसँगै आगामी साउन १ देखि आईएमई डिजिटल सोलुसन (आईएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती)ले एकीकृत कारोबार गर्ने भएका हुन्।
दुई कम्पनी गाभिएपछि आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन हुने राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकले बिहीबार भुक्तानी तथा फर्छ्योट विनियमावली (पहिलो संशोधन २०८०) २०७७ को विनियम ३७ को उपविनियम १३ अनुसार सर्वसाधारणलाई यसबारे जानकारी दिएको हो।
एक हुँदै आईएमई पे र खल्ती, राष्ट्र बैंकले दियो मर्जरको स्वीकृति
48
Shares

प्रतिक्रिया