ग्लोबल


हनिमुन हत्या प्रकरणमा नयाँ मोड, जोडिइन् अर्की युवती

हनिमुन हत्या प्रकरणमा नयाँ मोड, जोडिइन् अर्की युवती

सोनम रघुवंशीको फाइल तस्बिर र इन्सेटमा बिहेका बेला राजा रघुवंशीसँग।


नेपालखबर
असार ६, २०८२ शुक्रबार १४:५५, काठमाडौँ

मेघालय हनिमुन हत्या प्रकरणमा नयाँ मोड आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजा रघुवंशी हत्या घटनामा एक रहस्यमयी युवती प्रवेश गरेकी हुन्। उनको नाम हो- 'अलका'।

अलका मुख्य अभियुक्त सोनमकी नजिककी साथी भएको बताइएको छ।

राजा रघुवंशीको परिवारका सदस्यले पनि अलकाको भूमिकामा प्रश्न उठाएका छन् र यो युवती पनि हत्याको षड्यन्त्रमा संलग्न हुन सक्ने आशंका गरेका छन्।

राजाका जेठा दाइ विपिन रघुवंशीले अल्कालाई सोनमको सच्चा साथी भएको बताएका छन्।

राजाका दाइले प्रहरीले उनको राम्ररी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। 

विपिनले भने, ‘सोनमसँग अल्काको व्यवहार पनि शंकास्पद देखिन्थ्यो।’

यद्यपि मेघालय प्रहरीले अल्काको भूमिकाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।

प्रहरी स्रोतका अनुसार एसआईटी टोलीले यो नयाँ सुरागको अनुसन्धान गरिरहेको छ। अलकाको प्रवेशले हत्या प्रकरणलाई अझ जटिल बनाएको छ। 

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।

यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।

यसपछि खोजीका क्रममा प्रहरीले राजालाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्‍यो। तर त्यतिबेला सोनम भेटिइनन्।

अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको थियो। 

राजा हत्या घटनामा हालसम्म प्रहरीले उनकी श्रीमती सोनमसहित ५ जनालाई पक्राउ गरेको छ। 

बिहीबार मात्र शिलोङ अदालतले सोनम र उनका प्रेमी राज कुशवाहालाई थप दुई दिन प्रहरीको हिरासत र हत्याका लागि भाडामा लिइएका आकाश राजपुत, विशाल सिंह चौहान र आनन्दलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad