कारोबार


नवप्रवर्तनसम्बन्धी दुई दिने विशेष प्रदर्शनी गर्दै एलजी नेपाल

नवप्रवर्तनसम्बन्धी दुई दिने विशेष प्रदर्शनी गर्दै एलजी नेपाल

नेपालखबर
असार १२, २०८२ बिहिबार १९:४६, काठमाडौँ

एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “अफेक्सनेट इन्टेलिजेन्स”बारे नेपालमा विशेष प्रदर्शनी गर्ने भएको छ।

यो अभियान सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ। यसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एआईको सुरुवातलाई दर्शाउने कम्पनीको भनाइ छ।

ललितपुरको द प्लाजामा हुने दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम यही असार १३ मा डिलरहरूको लागि र असार  १४ मा सर्वसाधारणका लागि आयोजना हुनेछ।

कार्यक्रममा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई इन्नोभेसन्स प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्।

यो अभियान केवल प्रडक्टको प्रदर्शन मात्र नभई प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजीको दृष्टिकोण रहेको कम्पनीको दाबी छ। नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै एलजी र चौधरी ग्रुपको साझेदारीमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad