एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सेवामा छुट दिने सम्झौता भएको छ।
देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा आफ्ना ग्राहकहरूले विशेष छुट पाउने भएका हुन्।
यससम्बन्धी विशेष सम्झौता भएको बैंकले जनाएको छ। योसँगै अब बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।
छुट लागू हुने सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरू
१. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर
२. सिद्धार्थ होटल, टिकापुर, कैलाली
४. होटल सिद्धार्थ, नेपालगन्ज
५. सिद्धार्थ कटेज, बुटवल
६. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट
७. सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड
८. सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौं
९. सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत
१०. सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली
११. सिद्धार्थ होटल, नारायणघाट
१२.सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली
१३. सिद्धार्थ विलासा बन्दास, सौराहा
१४. सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार
१५. सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगन्ज
१६. सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट
१७. सिद्धार्थ फूडल्याण्ड, पुरानो बानेश्वर
१८. सिद्धार्थ कटेज रेस्टुरेन्ट, तीनकुने
१९. सिद्धार्थ कटेज, योगिकुट्टी, बुटवल
२०. एस क्याफे, नेपालगन्ज
२१. एस क्याफे, सुविधानगर, तीनकुने, काठमाडौं
२२. एस क्याफे, लगनखेल, ललितपुर
Shares

प्रतिक्रिया