कारोबार


साउन २ देखि दराजको ‘महाबचत बजार’ सेल, ग्राहकलाई ८० प्रतिशतसम्म छुट

साउन २ देखि दराजको ‘महाबचत बजार’ सेल, ग्राहकलाई ८० प्रतिशतसम्म छुट

नेपालखबर
असार ३२, २०८२ बुधबार १३:१२, काठमाडौँ

अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ। 

साउन २ देखि १५ गतेसम्म सञ्चालन हुने सेलअन्तर्गत ग्राहकहरूले खरिदमा ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रुपैयाँ बराबरको भौचरलगायतको लाभ लिन सक्ने दराजले जनाएको छ।

महाबचत बजार सेलअन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन्। 

यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभरमार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, ह्रोटो, एंकर र मम्बड्समार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था छ।

‘महाबचत बजार’ सेलको मुख्य आकर्षणका रुपमा ८ रुपैयाँदेखि ८ हजार ८५८ सम्मका मेगा डिलहरूमा ८, ४८, ८४८, र ८ हजार ८५८ रुपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ। 

साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन (रु. ४९,९९९), वानप्लस नोर्ड सीईफाइभ (रु ४८,९९९), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोषिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।

बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ
दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकून् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५ प्रतिशत छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १० प्रतिशत छुट (रु. ५०० सम्म) उपलब्ध गराइने छ। 

योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ । 

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत रु. १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नेछन्।

साउन २ (जुलाई १९) राति १२ बजेबाट यो अफर सुरु हुने दराजले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad