गरिमा विकास बैंक लिमिटेडले इन्डियन चेम्बर अफ कमर्सबाट अवार्ड पाएको छ।
उक्त संस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डसबाट गरिमा बैंकलाई सम्मान गरेको हो।
अगस्ट २९मा इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस कार्यक्रममा विकास बैंक दि बेस्ट ब्यांक र बेस्ट एआई÷एमएल इम्प्लिमेन्टेसन विधामा उत्कृष्टसहित बेस्ट एमएसएमई एक्सिलेरेसन विधामा रनरअपको अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ।
अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो।
शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड लिएका थिए। यसअघि सन् २०२४ मा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स कार्यक्रममा समेत यस विकास बैंकले बेस्ट एसेट्स मेनेजमेन्ट विधामा रनरअपको रुपमा अवार्ड प्राप्त गरेको थियो।
हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया