शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
यही कात्तिक १८ गते उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तराबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदै छ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।
एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढी गैरबैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
शाइन रेसुङ्गाले देशभरका ८८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा १८ एटीएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया