टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम एन्ड वेलबिइङ स्पेस सुरु गरेको घोषणा गरेको छ।
यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।
सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फेमिली पेयरिङ फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको टाइम अवे फिचरजस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि मेडिटेसन फिचर पनि सुरु गरेको थियो।
अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ।
नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #जर्नलटक, #नेचरटक जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ टाइम एन्ड वेलविइङ फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।
यो फिचरले अहिलेको स्क्रिन टाइम मेनेजमेन्ट पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउने टिकटकले जनाएको छ।
• अफरमेसनल जर्नल : हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी अफरमेसन कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।
• ब्रिथिङ एक्सरसाइज – विभिन्न प्रकारका ध्यान र सास-प्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।
डिजिटल वेल-बीइंग र सचेत अनुभवका थप सुविधाहरू
नयाँ टाइम एन्ड वेलबिइङ स्पेस सुरू गर्दै टिकटकले अब चारवटा नयाँ वेलबिइङ मिसन पनि ल्याएको छ। यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ। मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।
• यी सुविधामा आठ–हप्ते स्लिप आवर्स मिसन समावेश छ, जहाँ प्रयोगकर्ताले भर्चुअल वेल बिइङ ट्रि बढाउन सक्छन्। योसँगै, निर्धारित सीमाभित्र रहेर प्रयोग गरेमा डेली स्क्रिन टाइम ब्याज, र हरेक हप्ता स्क्रिन टाइम रिपोर्ट चेक गर्ने विक्ली मिसन पनि उपलब्ध छ।
• प्रयोगकर्ताहरूले वेलबिइङ अम्बासडर मिसन मार्फत आफ्ना साथीहरूलाई पनि मिसनमा सहभागी गराई यी अनुभवहरू सँगै गर्न निमन्त्रणा गर्न सक्छन्।
यी मिसनहरू पूरा गर्दा प्रयोगकर्ताले डिजिटल ब्याज कमाउन सक्छन् जसले उनीहरूको सचेत र स्वस्थ डिजिटल बानीलाई प्रोत्साहित गर्छ। यी मिसनहरू टिकटकको डिजिटल वेलनेस ल्याबको आफ्नै अनुसन्धान, र युथ काउन्सिलको सुझावका आधारमा तयार गरिएका हुन्। यो स्पेसले रोकथामभन्दा पनि सकारात्मक प्रोत्साहनलाई प्राथमिकता दिन्छ। अनुसन्धानका अनुसार, दुई तिहाई किशोर–किशोरीहरूले डिजिटल टाइम म्यानेजमेन्ट टुल्सलाई उपयोगी ठान्दछन्। पहिलो चरणको परीक्षणले राम्रो सहभागिता देखाएको छ, प्रयोगकर्ताहरू पहिलेको स्क्रिन टाइम मेनुमा भन्दा यो नयाँ स्पेसमा धेरै पटक फर्किएका छन्, र अफरमेसन जर्नल सबैभन्दा लोकप्रिय फिचर बनेको छ।
अझ धेरै प्रयोगकर्तालाई टाइम एण्ड वेल-बीइंग स्पेसमा जोड्ने उद्देश्य
प्रयोगकर्ताले नयाँ टाइम एन्ड वेल बिइङ स्पेस सजिलै भेटून् भनेर, कसैको डेली स्क्रिन टाइम लिमिट पुगेको वा उनीहरूको स्लिप आवर्स सक्रिय हुने अवस्थामा पनि हामीले सोही स्पेसको लिंक उपलब्ध गराउनेछौँ। त्यसैगरी, टेक अ ब्रेक भिडियोहरूमा पनि नयाँ टाइम एन्ड वेल बिइङ पेजतर्फ निर्देशित गर्ने सन्देश थपिएको छ। हाम्रो उद्देश्य यो स्पेसलाई कम्युनिटीका लागि अझ उपलब्ध, सजिलो र देखिने बनाउनु हो।
आगामी दिनहरूमा, हामी यी टुलहरूलाई मानिसहरूको दैनन्दिन प्रयोगको सक्रिय हिस्सा बनाउन थप फिचरहरू जारी गर्ने योजना बनाइरहेका छौँ। यसका लागि, टिकटकको सम्पूर्ण अनुभवमा यी वेल-बीइंग टुलहरूलाई अरू कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा पनि खोज–अनुसन्धान भइरहेको छ।
टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकून्। यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनःप्रस्तुत गर्दछ।
Shares

प्रतिक्रिया