खेल


सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १८:३, काठमाडौँ

विदेशी खेलाडी चम्किँदा सुदुरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु एक सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ९३ रनको योगफल तयार पारेको हो। पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा एक सय आठ रनको साझेदारी गरेका थिए। 

जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाउँदा जिम्मी निसमको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए। अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट नै हुन पुगे। 

१३ बलमा चार चौका र दुई छक्का सहयोगमा ३१ रन बनाउँदा क्रिस लिन जिम्मी निसमको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन आठ र हरमित सिंहले चार रन बनाए। 

त्यस्तै, आरिफ शेख शून्यमा आउट भए।  इसान पाण्डे ६ र नरेन साउँद चार रनमा अविजित रहे।

पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए। डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad