सीजी ब्रान्डको दसैं–तिहार योजनाअन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र” को विजेता घोषणा गरिएको छ।
यस योजनामा सहभागी ग्राहकहरूमध्ये झापा, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन्।
विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ।
सीजी ब्राण्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ। मिक्सर–ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकर जस्ता उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध छन् ।
Shares

प्रतिक्रिया