दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्रान्ड इयर एन्ड सेलको घोषणा गरेको छ।
यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ। कम्पनीका अनुसार सेलमार्फत ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदा पनि लिन सकिने कम्पनीले जनाएको छ।
यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरूमार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ। सेलका लागि प्लाटिनम पार्टनर सेटाफिलले ४१ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ह्रोटो, ब्राण्डहाउस र एईबीबी मार्फत ६० प्रतिशतसम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५० प्रतिशतसम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेल पनि रहनेछ। क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ। यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नेछन्।
यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १० प्रतिशतसम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि व्यवस्था गरिएको छ। यो सुविधामार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विश्वस्त छ।
दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ। एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन्।
एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरु जित्ने सुनौलो अवसर प्राप्त गर्न सकिनेछ।
बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट रु. ५,००० भन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सकिनेछ।
- मूल्य रु. १६,३०० पर्ने हावेल्स बन्डल – १ जना विजेता
- मूल्य रु. १४,९०० पर्ने लोट्टो ईनर्जेक्स ह्वाइट नेभी रनिंग शुज – १ जना विजेता
- मूल्य रु. २,४९९ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
- मूल्य रु ४,४९९ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता
ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेल मार्फत बृहत बचत तथा ठूला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया