सीजी ब्रान्डले आफ्ना साना घरायसी उपकरणहरूका लागि "सीजीको साथमा, वर्ल्डकप टिकट हातमा" अफर ल्याएको छ।
आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै यो अफर ल्याइएको हो।
कम्पनीका अनुसार यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले सिजीका साना घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले सीजीको एसडीए उपकरण खरिद गरेपछि सीजीएसडीए स्पेस सिरियल नम्बर स्पेस प्रडक्ट नेप स्पेस कस्टुमर नेम स्पेस एड्रेस टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र लक्की ड्रमार्फत विजेताहरूको छनोट गरिनेछ।
यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने 'नेपालको खेलको टिकट समावेश गरिएको कम्पनीले जनाएको छ।
यो योजना मंसिर २९ गतेदेखि नेपाल देशैभर सीमित अवधिको लागि लागू गरिएको छ।

प्रतिक्रिया