कारोबार


नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात

नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १३:४३, काठमाडौँ

माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा यही पुस ३ देखि ग्राहकका लागि नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ।

माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरेका थिए। ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो। यस प्रोशपमा माइडियाका आवासीय तथा व्यावसायिक दुवै प्रकारका एसी समाधानहरू उपलब्ध छन्। 

अरु साधारण शोरूमभन्दा फरक माइडिया प्रो शप नेपालभरि विस्तार हुने धेरै अनुभव केन्द्रहरूमध्ये पहिलो हो। यसले केवल नयाँ शोरूमको सुरुवात मात्र होइन, सम्पूर्ण उद्योगका लागि नया युगको रूपमा परिचित भएको छ। यहाँ ग्राहकले उत्पादन परीक्षण गर्न, तुलना गर्न र प्रविधि बुझ्न सक्ने वातावरण पाउँछन्। साथै, ग्राहकहरूले यहाँ अत्याधुनिक प्रविधि, स्टाइलिस्ट डिजाइन, इनर्जी बचत र स्मार्ट कूलिङ एसीको प्रत्यक्ष रूपमा अनुभव लिन सकिनेछ। यसले ग्राहकलाई अझ सहज पहुँच, उत्कृष्ट सेवा र अत्याधुनिक प्रविधि अनुभव गर्ने अवसर दिनेछ। 

यस अवसरमा एयर एक्सपर्ट्सका प्रबन्धनिर्देशक नबिन बन्सालीले दुई दशकभन्दा बढी समयदेखि माइडिया एसी नेपालमा विश्वासिलो एसी ब्राण्ड रहेको बताए।

माइडिया प्रो शप नेपालको पहिलो एक्स्पिरेन्स सेन्टर पहिलो हो जहाँ ग्राहकले उत्पादन परीक्षण गर्न, तुलना गर्न र प्रविधि बुझ्न सक्ने वातावरण पाउँछन्। ग्राहकलाई केवल उत्पादन प्रदर्शन मात्र होइन। साथै, ग्राहकलाई सहज पहुँच र उत्कृष्ट सेवा दिनेछ। भविष्यमा अन्य सहरहरूमा पनि यस्ता केन्द्रहरू खोल्ने योजना रहेको छ।

उनका अनुसार माइडिया प्रो शप केवल एसी हेर्ने ठाउँ मात्र हैन यो विश्वास, सुविधा र भविष्यको अनुभव गर्ने केन्द्र हो। यहाँ आउने प्रत्येक ग्राहकले आफ्नो घर वा कार्यालयमा कस्तो वातावरण बनाउन सकिन्छ भन्ने कल्पना गर्न सक्छन्।

नेपालमा अग्रणी एसी ब्राण्डको रूपमा माइडिया एसीले २० वर्षदेखि ग्राहक, डिलर तथा साझेदारहरूको विश्वास जित्दै आएको छ । हजारौं परिवार र व्यवसायहरूले माइडियालाई आफ्नो पहिलो रोजाइ बनेको छ । व्यवसायिक साझेदारहरूले प्रविधि र अनुभवलाई ग्राहकसम्म पुऱ्याउन निरन्तर साथ दिएका छन्। साथै, नेपालभरि फैलिएको डिलर नेटवर्कले माइडियालाई सहज पहुँच र उत्कृष्ट सेवा दिन सहयोग पुऱ्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad