नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता द टाइगर कपको छैठौँ संस्करणमा खल्तीले टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ ।
यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ। ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागी हुँदै छ, जसमध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ।
यस प्रतियोगिताको टिकटको मूल्य ३ सयदेखि ५ सय रुपैयाँसम्म छ। दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन्।
राष्ट्रियस्तरमै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ।"
Shares

प्रतिक्रिया