कोशी


कोसीमा आज सबै मन्त्री फेरिँदै, यी हुन् नयाँ बन्ने मन्त्री

कोसीमा आज सबै मन्त्री फेरिँदै, यी हुन् नयाँ बन्ने मन्त्री

सुमन सुस्केरा
पुस २२, २०८२ मंगलबार १४:५२, विराटनगर

कोसी प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्ने तयारी सुरु भएको छ। आज मंगलबार मुख्यमन्त्रीबाहेक सबै मन्त्रीहरू फेरबदल हुँदैछन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्की पार्टी केन्द्रीय कमिटीको सचिवालय पुगेर फर्किए लगत्तै मन्त्रीहरूको नाम टुङ्गो लगाएपछि आजै शपथ ग्रहण गराउने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

मन्त्रीहरूको नाम करिब टुङ्गो लागिसकेको कारण आजै साँझ साढे ४ बजेतिर शपथ ग्रहणको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। नयाँ नियुक्त हुन लागेका मन्त्रीहरूमा झापाका चिन्तन पाठक, धनकुटाका इन्द्रमणि पराजुली, सङ्खुवासभाका विदुर कुमार लिङ्थेप र सुनसरीका रामप्रसाद मेहता मन्त्रीमा नियुक्त हुँदै छन्। त्यस्तै मोरङका उमाकान्त गौतमलाई राज्य मन्त्री बनाउने तयारी मुख्यमन्त्रीको देखिएको छ।

एमालेबाट सरकारमा जाने नयाँ अनुहारमा लिङथेप आर्थिक मामिला तथा योजना, पाठक खानेपानी सिँचाइ तथा ऊर्जा, पराजुली आन्तरिक मामिला तथा कानुन, र रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको छ। उमाकान्त गौतम राज्य मन्त्री दिने तयारी छ। 

त्यस्तै नेपाली कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार, मोरङका मानबहादुर लिम्बू, र भीम पराजुली, सुनसरीका इस्राइल मन्सुरी मन्त्री बन्दै छन्। त्यस्तै शोभा चेम्जोङलाई नेपाली कांग्रेसले राज्यमन्त्रीमा नियुक्तको लागि मुख्यमन्त्रीलाई सिफारिस गरेको छ। सुनुवारलाई भौतिक पूर्वाधार, लिम्बु स्वास्थ्य, मन्सुरीलाई कृषि,  पराजुलीलाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी नेपाली कांग्रेसले गरेको छ। राज्यमन्त्री  चेम्जोङलाई पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ।   

नव नियुक्त मन्त्रीहरूलाई आजै शपथको लागि अनौपचारिक जानकारी आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। अहिलेसम्म औपचारिक जानकारी नआएको भए पनि अनौपचारिक जानकारी भने आएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad